
काठमाडौं महानगरपालिकाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागसँग गरेको छलफलकाक्रममा यस्तो सुझाव दिइएको हो ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ जना विज्ञको टोली बनाएको थियो ।
विज्ञ समूहले आइतबार महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै मेयर शाक्यले प्रतिवेदनको सुझावलाई अध्ययन गरी रानीपोखरीको पुनःनिर्माण गर्ने बताए । उनले संस्कृतिको प्रबद्र्धन गर्दै त्यसलाई अर्थसँग पनि जोड्नुपर्ने बताए ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्कीले प्रताप मल्लको पालामा प्रयोग गरिएको सामग्रीको प्रयोग गरेर पोखरीको जीर्णोद्धार गर्नसकिने भन्दै त्यसो गर्न समस्या नहुने बताए ।
प्रतिवेदनमा समूहमा रहेका ११ जनामध्ये ८ जनामात्र हस्ताक्षेर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्