नेप्से ३ अंकले ओरालो « Image Khabar


नेप्से ३ अंकले ओरालो



बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर १४ सय २ विन्दुमा आएर थामियो ।

यसदिन आधा समूह रातो रहे भने आधा समूह हरियो रहे । बिमा समूह सबैभन्दा उच्च ७५ अंकले ओरालो लाग्यो भने उत्पादनमूलक समूह सबैभन्दा उच्च ३० अंकले सकारात्मक रह्यो ।

लघुवित्त समूह १२ अंकले, जलविद्युत् समूह ७ अंकले, विकास बैंक समूह ५ अंकले र वाणिज्य बैंक समूह २ अंकले ऋणात्मक रहे भने होटल समूह २५ अंकले, वित्त र व्यापार समूह २/२ अंकले एवं अन्य समूह १ अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १६ लाख ७६ हजार कित्ता सेयर ५० करोड ६१ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।