१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रज्ञान सेक्यूरिटिज कारबाहीमा


0
Shares

बोर्डले हालै गरेको छानबिनबाट उक्त संस्थाले व्यावसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिक स्तर कायम गरेको नदेखिएको पाइएको भन्दै ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको जनाएको छ ।

प्रज्ञान सेक्यूरिटिजले २०७३ चैतदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी उक्त शाखाबाटसमेत कारोबार गर्दै आइरहेको छ ।

उक्त शाखाका शाखाप्रमुखले बैंकको साधारणसभाअगावै ‘सेयर किन्नुहोस्, फाइदा गराउने जिम्मा हाम्रो’ भन्ने आशयको भाइबर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको देखिएको सम्बन्धमा बोर्डमा उजुरी परी बोर्डबाट सो सम्बन्धमा छानबिन गरिएको थियो ।

बोर्डले अहिले बजार अनुगमन तथा सुपरीवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको परिप्रेक्ष्यमा धितोपत्रसम्बन्धी ऐनबमोजिमको कारबाहीलाई पनि सशक्त बनाउँदै आएको जनाएको छ ।