२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


सुनचाँदीको भाउ उकालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, मंसिर २४ । सुनचाँदीको भाउ उकालो लाग्नेक्रम सोमबार पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर तोलाको ५९ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ५९ हजारमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५३ डलर हाराहारीमा कारोबार भएको थियो ।