
अक्सफामले गरेको अध्ययन अनुसार विश्वका एक प्रतिशत धनाढ्यको सम्पत्ति विश्वका ८२ प्रतिशत मानिसको सम्पत्ति बराबर छ ।
कर छली, संस्थाको नीतिमाथिको बाह्य प्रभाव, श्रमिकको अधिकारको क्षय, ज्याला कटौति जस्ता कारणले धनाढ्य र विश्वको बाँकी जनसंख्याको खाडल बढेको अक्सफामको निचोड छ ।
यस वर्ष विश्वका ४२ जना धनीसँग विश्वका आधा गरीबको भन्दा धेरै सम्पत्ति रहेको छ । अक्सफामले पाँच वर्षदेखि यस्तो अध्ययन गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्