२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा प्रधानमन्त्रीद्वारा चियापान


0
Shares

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार चियापान समारोहको आयोजना गरेका छन् ।

सिंहदरबारमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, सांसदहरु, कूटनीतिक नियोगका प्रतिनिधिहरु, उच्चपदस्थ अधिकारीहरु, सन्चारकर्मीको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रत्येक वर्ष प्रधानमन्त्रीले चियापान समारोहको आयोजना गर्ने गरिएको छ ।

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य राष्ट्रसमेत रहेकाले मानवअधिकारको विषयलाई महत्वका साथ प्राथमिकता दिँदै आएको छ । रासस