१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


रसुवागढी नाकाबाट केरुङतर्फ लागे कन्टेनर


0
Shares

सोनाम ल्होसारका कारण चिनियाँ भन्सार बन्द भएकाले एक सातादेखि रोकिएको कन्टेनर सन्चालनमा ल्याइएको हो ।

रसुवागढी भन्सार कार्यालयकाअनुसार सोमबार करिब ३०० कन्टेनर सामान लिन केरुङतर्फ लागेका छन् ।

माघ १ गतेदेखि चीनतर्फ सार्वजनिक बिदा परेकाले सामग्री आयात गर्न केरुङ पुगेका केही कन्टेनर त्यहीँ रोकिएका थिए ।

अहिले सामग्री आयातका लागि कर्मचारी र व्यवसायीहरु केरुङ पुगिसकेको नेपाली व्यवसायी मुकुन्द पौडेलले बताए ।

चीनले अन्तर्राष्ट्रिय नाकाकोरुपमा घोषणा गरेसँगै रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्ने गरेको छ ।

चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका सामग्री, कस्मेटिक सामान आयात गरिन्छ । नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ ।