१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


युवा नेतृत्व अध्ययन कार्यक्रम सुरु


0
Shares

अमेरिकास्थित युनिभर्सिटी अफ सिन्डएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एन्ड जस्टिस र काठमाडौंस्थित लिडरसीप एकेडेमीले संयुक्तरुपमा गरेको एक वर्षे अध्ययन कार्यक्रममा देशभरबाट २८ जना युवा सहभागी छन् ।

युवा नेतृत्वलाई प्रभावकारी बनाउन र क्षमता अभिवृद्धि गरी देश विकासको क्षेत्रमा काम गर्न अध्ययन कार्यक्रम नेपालमा पनि सुरु गरिएको हो ।

यस कार्यक्रममा २५ देखि ४० वर्ष उमेर समूहका ग्रामीण तथा स्थानीय क्षेत्रमा काममा गरेका युवा, सांसद, वडाध्यक्ष, चिकित्सकलगायतको सहभागिता छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्री चित्रलेखा यादवलगायतले यस कार्यक्रमले देश विकास गर्न युवालाई सही मार्गदर्शन गर्ने धारणा राखे ।

युवा नेतृत्व अध्ययन कार्यक्रम तीन/तीन महिनामा हिमाल, पहाड र तराई क्षेत्रमा सन्चालन हुने जनाइएको छ ।