Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


डाक्टरमाथि किशोरीको बलात्कार प्रयासको आरोप


0
Shares

क्लिनिकमा उपचार गराउन आएकी ती किशोरीमाथि डाक्टरले नै बलात्कारको प्रयास गरेको स्थानीयको आरोप छ ।

सो घटनालाई ढाकछोप गर्न केही व्यक्तिहरुले प्रयास गरिरहेको जानकारी पाएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरुले प्रहरीमा उजुरी गरेपछि घटना बाहिर आएको हो ।

राजविराजमा आरती डेन्टल क्लिनिक सन्चालन गर्दै आएका राजविराज वडा नम्बर–१ पडरिया निवासी ४५ वर्षीय डा. हृदयनारायण झाले गत पुस २७ गते १६ वर्षीया ती किशोरीमाथि क्लिनिकभित्रै बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले डा. झामाथि जबर्जस्ती करणी उद्योगअन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए ।