कांग्रेसका ३२ जिल्ला सभापतिको भेला सम्पन्न • Image Khabar Image Khabar


कांग्रेसका ३२ जिल्ला सभापतिको भेला सम्पन्न


Imagekhabar
८ माघ २०७४, सोमबार १९:४६

कांग्रेसका ३२ जिल्ला सभापतिको भेला सम्पन्न

खोटाङ कांग्रेसको आयोजनामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठमाडौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोटसहित ३२ जिल्ला सभापतिहरुको भेला हलेसीमा सम्पन्न भएको हो ।

हलेसीस्थित जाम्बाला रिसोर्टमा भएको भेलामा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमी–कमजोरीलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भेलामा सहभागी भएर सभापतिहरु सोमबार नै आ–आफ्नो गृहजिल्ला फर्किएको कांग्रेस खोटाङ जिल्ला पार्टी सभापति नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्