सुनको मूल्य तोलामा २०० ले बढ्यो • Image Khabar Image Khabar


सुनको मूल्य तोलामा २०० ले बढ्यो


Imagekhabar
८ माघ २०७४, सोमबार २०:४२

सुनको मूल्य तोलामा २०० ले बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३३ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्