Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


फागुन दोस्रो साता कृषि यान्त्रीकरण प्रदर्शनी


0
Shares

कृषि विकास मन्त्रालयअन्तर्गत्को कृषि इन्जिनियरिङ निर्देशनालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी धरानमा हुन लागेको प्रदर्शनीबारे विस्तृत् जानकारी गराएको हो ।

प्रदर्शनी आगामी फागुन १० देखि १३ गतेसम्म हुनेछ ।

कृषि यान्त्रीकरणमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाउने भएका छन् ।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्ने उद्देश्यले कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउ–विजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसायलगायतका सामग्रीहरु प्रदर्शनीमा राखिने नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए ।

प्रदर्शनीले कृषि क्षेत्रको सुुद्धढीकरण, व्यवसायीकरण र आधुनिकीकरणमा मद्दत पुर्‍याउने आयोजकको दाबी छ ।

मेलामा २० राष्ट्रका करिब १५० स्टलहरु रहनेछन् । प्रदर्शनीको करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मेलामा करिब १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।