२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कृषि तथा वनविज्ञान विश्वविद्यालयले जथाभावी सम्बन्धन दिएकोप्रति आपत्ति


0
Shares

काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षामा फैलिएको निजीकरण तत्काल हटाउन नसकिने बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनले सोमबार राजधानीमा गरेको कृषि र वनविज्ञान शिक्षामा निजीकरणसम्बन्धी छलफलमा श्रेष्ठले निजी क्षेत्रलाई बेलगाम भने छाड्न नसकिने र नियन्त्रण तथा नियमन गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री धनीराम पौडेलले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले जथाभावी सम्बन्धन दिएकोप्रति आपत्ति जनाए ।

कार्यक्रमका अरु सहभागीहरुले कृषि तथा वनविज्ञान विश्वविद्यालयले जथाभावीरुपमा निजी क्याम्पसहरुलाई सम्बन्ध दिएको गुनासो गरेका थिए ।

२०६७ सालमा कृषि तथा वनविज्ञान विश्वविद्यालय बनेको सो विश्वविद्यालयले गत असार २० गते ८ ओटा निजी क्याम्पसलाई सम्बन्धन दिएको थियो ।

तोकिएको मापदन्ड नपुगेका कलेजलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी र प्राध्यापकहरुले विरोध गर्दै आएका छन् । जसका कारण लामो समयदेखि विश्वविद्यालय बन्द छ ।