धादिङ, मंसिर २४ । धादिङको प्रख्यात त्रिपुरासुन्दरी भगवतीको मेला सोमबार सकिएको छ ।
देवी–देवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भएपनि यो मेलामा भक्तजनहरुले बाटोमै बसेर भगवतीको दर्शन गर्ने गर्दछन् ।
मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर सल्यानकोटबाट बेसीको मन्दिर आगिन्चोकमा सार्ने गरिन्छ ।
खालीखुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झन्डै तीन घन्टाको ओरालो बेसीको मन्दिर ल्याउने गरिन्छ ।
भगवतीको प्रतीक बेसी झार्दा भक्तजन र पुजारीहरुले खुँडा, खुकुरीसहित पञ्चेबाजामा नृत्य देखाउने गर्दछन् भने शंख–घन्ट बजाउँदै भगवतीको जयजयकार गाउने गरिन्छ ।
भगवतीको दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पूजा गर्नुपर्ने प्रचलन छ ।
एक वर्षभित्रमा विभिन्न तीनओटा मन्दिरमा भगवतीको मूर्ति सार्ने चलन रहेको छ ।









प्रतिक्रिया दिनुहोस्