२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तरकारी विउ उत्पादन तथा बिक्री वितरणमा रुकुम उत्कृष्ट


0
Shares

रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपा नेपालकै उत्कृष्ठ उत्पादन केन्द्रमा परेको हो ।

केन्द्रले ९० रोपनीमा लगाइएको तरकारी वीउवाली अहिलेसम्म उत्कृष्ठ हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएकोे छ ।

मूल वीउ तथा उन्नत वीउ उत्पादन हुने चाँपामा हाल काउली, मूला, रायो, केराउ, प्याज, गोलभेंडा, चम्सुर, धनियाँ, सलगमलगायतका विभिन्न तरकारी वीउबाली लगाइएको छ ।

तरकारी वीउ उत्पादनका लागि नेपालकै पकेट क्षत्र मानिएको चाँपाले गत आर्थिक वर्षमा मात्रै ४ मेट्रिक टन तरकारी वीउ उत्पादन गरेको थियो ।

९० रोपनी जमिनमा विभिन्न जातका तरकारीको नर्सरी तयार गरी केन्द्रले मूल तथा उन्नत वीउ उत्पादन गरेर कृषकलाई सहुलियत मूल्यमा तरकारी वीउ बिक्री गर्दै आएको छ ।

केन्द्रले विभिन्न जातका १६ थरी तरकारीको मूल वीउ उत्पादन गरी बर्षेनी २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।