१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


यौनधन्दामा संलग्न आशंकामा १८ जनाविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, मंसिर २४ । काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा तीन होटल सन्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

होटलमा यौन व्यवसाय चलाएको आशंकामा नारायणटारकी होटल सन्चालक ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्बुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो ।

मंसिर २२ गते पक्राउ परेका २७ जनाकोबारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो ।

बौद्ध क्षेत्रको नयाँबस्ती, जम्बुडाँडा र नारायणटारमा सन्चालित होटल, रेस्टुरेन्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताए ।

प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँबस्ती र जम्बुडाँडाका होटल तथा रेस्टुरेन्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेलापरेको छ । रासस