Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


चिसो बढ्यो, उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन


0
Shares

काठमाडौं, मंसिर २४ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन गरिएको छ ।

सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ ।

अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गंगा नगरकोटीले जानकारी दिए ।

अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ । त्यस्तै, विराटनगरको न्यूनतम् तापक्रम १०.४ डिग्री सेल्सियस र अधिकतम् तापक्रम २८.५ डिग्री मापन गरिएको छ । रासस