नेप्से १४ सय तल • Image Khabar Image Khabar


नेप्से १४ सय तल


Imagekhabar
९ माघ २०७४, मंगलवार १९:४५

नेप्से १४ सय तल

यसदिन नेप्से ९ अंकले ओरालो लागेर १३ सय ९३ विन्दुमा आएर थामिएको हो ।

उत्पादनमूलक समूहबाहेक अरु सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च ८७ अंकले ओरालो लाग्यो । होटल समूह ३७ अंकले र जलविद्युत् समूह २९ अंकले तल झरे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ८ लाख २८ हजार कित्ता सेयर जम्मा ३२ करोड २६ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्