काठमाडौं, मंसिर २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको छ ।
सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई विजयी गराउन टंक बस्नेतले ६६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितपछि आर्मीले ७ खेलबाट १७ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा आफ्नो पकड बलियो पारेको छ । ब्रिगेड ब्वाइज भने ४ अंकसहित तालिकाको ११औं स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्