१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


केरुङ नाका हुँदै ल्याइएको दुई किलो सुनसहित एक जना पक्राउ


0
Shares

रसुवा । केरुङ नाका हुँदै अवैधरुपमा नेपाल ल्याइएको दुई किलो सुनसहित रसुवा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको गोसाँइकुण्ड गाउँपालिका–१ थुम्मनका ३७ बर्षिय निमा दोर्जे तामाङ छन् ।

स्याफ्रुबेसीबाट काठमाडौं आउँदै गरेको ना १ ज ६१७६ नम्बरको टाटासुमोमा लुकाइ–छिपाई ल्याउँदै गरेको सुन विशेष सुराकीको आधारमा सदरमुकाम धुन्चेबाट पक्राउ गरिएको रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

तामाङको साथबाट बरामद गरिएको सुनको मूल्य करिब ९० लाख रहेको प्रहरीले जनाएको छ । उनलाई राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।

चीनको केरुङ जाने मुख्य नाका रसुवागढीमा कडाई गरेसँगै मालागढी नाकाहुँदै सुन तस्करी हुन थालेको छ ।

नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भईरहेको रसुवागढी नाकामा पछिल्लो समय सुन तस्करी बढ्न थालेको छ ।

सीमा नाकामा अबैध रुपमा तस्करी बढेसँगै प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ ।