
वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ नगवामा निर्माण थालिएको सो केन्द्रमा आगामी २० वर्षसम्म महानगपालिकाभित्रको फोहरमैलालाई व्यवस्थापन गरी कम्पोस्ट मल तथा प्लास्टिकजन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
वीरगन्ज महानगरपालिकाले बनाउन सुरु गरेको फोहोरमैला व्यवस्थापन केन्द्रको बुधबार महानगरका मेयर विजय सरावगीले निरीक्षण गरे ।
उनले सरोकारवाला, परियोजनासँग सम्बन्धित पदाधिकारी, कन्सलटेन्ट र ठेकेदार कम्पनीका पदाधिकारीहरुसँग छलफल गर्दै निर्माण कार्यप्रगतिबारे जानकारीसमेत लिए ।
४७ करोड ६१ लाख ८० हजार रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी जन्डिङ इन्टरनेसनल इन्जिनियरिङले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का लिएको छ ।
प्रतिक्रिया दिनुहोस्