प्रदेश–१ मा राष्ट्रियसभाका लागि १२ जनाको उम्मेदवारी (नामावली) • Image Khabar Image Khabar


प्रदेश–१ मा राष्ट्रियसभाका लागि १२ जनाको उम्मेदवारी (नामावली)


Imagekhabar
१० माघ २०७४, बुधबार १६:२०

प्रदेश–१ मा राष्ट्रियसभाका लागि १२ जनाको उम्मेदवारी (नामावली)

प्रमुख तीन राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र (वाम गठबन्धन), नेपाली कांग्रेस तथा राप्रपाका १२ जनाले उम्मेदवारी दिएका हुन् ।

बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा रहेको निर्वाचन कार्यालयमा वाम गठबन्धनबाट ७, कांग्रेसबाट ४ र राप्रपाबाट एकजनाले उम्मेदवारी दिएका हुन् ।

सहायक निर्वाचन अधिकृत नवराज दुलालकाअनुसार वाम गठबन्धनबाट हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ, नैनकला ओझा, बिना पोखरेल, खेम नेपाली, अगम बान्तवा र खड्गबहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।

उनीहरुमध्ये बिना पोखरेल माओवादी हुन् भने अरु ६ जना एमाले हुन् ।

यसैगरी, कांग्रेसबाट रमेशजंग रायमाझी, सीता प्रसाइँ, महेश जाजु र विनकुमार विश्वकर्मा रहेका छन् भने राप्रपाबाट अनुपमादेवी साह रहेकी छन् ।

प्रदेश नम्बर–१ मा राष्ट्रियसभा सदस्यका लागि अपांगता कोटामा भने दुवै पक्षबाट उम्मेदवारी परेको छैन ।

प्रतिक्रिया दिनुहोस्