
५ नम्बर प्रदेशका ८ स्थानका लागि ११ जनाको उम्मेदवारी परेको छ । महिलातर्पm नेकपा एमालेबाट गायिका कोमल वली, मीना बुढा तथा नेपाली कांग्रेसबाट अनिता देवकोटाकोमात्र उम्मेदवारी परेको छ ।
३ सदस्यका लागि ३ जनाकोमात्र उम्मेदवारी परेकाले दाबी–विरोध नभएमा १५ गते नै उनीहरु निर्विरोध निर्वाचित हुनेछन् ।
यस्तै खुला र अन्यतर्फ एमालेले खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का, तथा कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मीराज अधिकारी (नेपाली)ले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै दलिततर्फको एक सदस्यमा एमालेका रामलखन चमार र कांग्रेसबाट मैकुलाल बाक्मीकीको उम्मेदवारी परेको छ ।
यस्तै, अपांगता वा अल्पसंख्यकतर्फको एक सदस्यका लागि माओवादी केन्द्रका राजकुमार कुँवर र कांग्रेसका लुटबहादुर खत्रीको उम्मेदवारी परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्