पुँजीबजार सामान्य अंकले सुधारियो • Image Khabar Image Khabar


पुँजीबजार सामान्य अंकले सुधारियो


Imagekhabar
१० माघ २०७४, बुधबार २०:११

पुँजीबजार सामान्य अंकले सुधारियो

बजार परिसूचक नेप्से १ अंकले सुधारिएर १३ सय ९४ विन्दुमा आइपुग्यो ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च २६ अंकले ओरालो लाग्यो भने बिमा समूह सबैभन्दा उच्च १६ अंकले सकारात्मक रह्यो । लघुवित्त समूह २ अंकले र वित्त समूह सामान्य अंकले रातो रह्यो ।

होटल समूह १४ अंकले, विकास बैंक ७ अंकले, अन्य समूह ५ अंकले, व्यापार समूह ४ अंकले, जलविद्युत् समूह ३ अंकले, वाणिज्य बैंक सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ९ लाख ३८ हजार कित्ता सेयर २६ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्