
बुधबार तनहुँको दमौलीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्दै उनले कृषि र पर्यटनको विकास गरेर सम्मुन्नत देश बनाउन किसानहरूलाई आग्रह गरे ।
उनले तनहुँबाट नै कृषिक्रान्तिको थालनी गरी नेपालकै नमुना जिल्ला बनाउन आवश्यक पहल गर्ने पनि बताए ।
अब सम्पूर्ण कृषक अर्गानिक खेतीतर्फ अग्रसर हुनुपर्ने नेता पौडलेको भनाइ थियो ।
उनले विषादीको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा त्यसलाई विस्थापित गर्दै अब अर्गानिक प्रणालीमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा कृषिमन्त्री रामकृष्ण यादवले कृषि जोनलाई ‘सुपर जोन’ बनाउन जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्