पहिलो होमस्टे पदमार्ग अन्वेषण: यस्तो रोमान्चक बन्छ यात्रा (फोटोफिचर) • Image Khabar Image Khabar


पहिलो होमस्टे पदमार्ग अन्वेषण: यस्तो रोमान्चक बन्छ यात्रा (फोटोफिचर)


Imagekhabar
११ माघ २०७४, बिहीबार ०८:३७

पहिलो होमस्टे पदमार्ग अन्वेषण: यस्तो रोमान्चक बन्छ यात्रा (फोटोफिचर)

यही माघ ५ देखि ९ गते सम्म चलेको उक्त अन्वेषण भ्रमणमा पर्यटनविज्ञ, मञ्चका पधाधिकारी, पत्रकार, पथप्रदर्शक, राजनीतिज्ञ, स्थानीय तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

तांगतिंगका स्थानीय आमा समुहहरुको स्वागतसंगै सुरु भएको कार्यक्रमको शिलान्यास मादी गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङले गरेका थिए ।

नेपाल पर्यटन बोर्ड र टानको सहयोग तथा भिटोफ प्रदेश ४ शाखाको सहकार्यमा अन्वेषण कार्यक्रम भएको थियो ।

अन्वेषण भ्रमणका क्रममा टोलीले पदमार्गको सूचना संकलन,उचाई मापन र होमस्टे जोड्ने स्थलगत संभाब्यता अध्ययन र स्थानीयबासीसँग छलफल गरेका थिए ।

taanteen11

समुद्र सतहदेखि १६५७ मिटर उचाइमा अवस्थित ताङतिङ गाउँ पोखराबाट २७ किलोमिटर टाढा छ ।

ढुंगाको छाना भएका घरहरु र अन्नपूर्ण दोस्रो, अन्नपुर्ण चौथो, लमजुंङ्ग हिमालको मरोरम दृश्यावलोकन तथा घाटु, सोरठी, झ्याउरे नाँच यस गाउँको मुख्य आकर्षण हुन् ।

यहाँबाट सिकलेस गाउँ पनि देख्न सकिन्छ । तांगतिंगमा २ सय घर धुरीमध्ये १३ घरमा होमस्टेको सुविधा छ ।

यसैगरी ताङतिङबाट करिब पाँच घन्टा उकालो चढेपछि करापु डाँडा पुग्न सकिन्छ ।

taan10

पदयात्राका क्रममा नौंचु डाँडा, स्तुपा, नौजले डाँडा, भेडी गोठ जस्ता ठाउँहरु पार गरिन्छ भने घना लालीगुराँसको जंगल तथा चराचुरुंगीको चिर्बिराहटले यात्रालाइ अझ रोमान्चक बनाउँछ ।

सूर्योदय र सूर्यास्तको साथै मनास्लु हिमशृंखला, अन्नपूर्ण दोश्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो, माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथको मनमोहक दृश्य देख्न सकिने करापुडाँडा (३०७७) मिटर उचाईमा अवस्थित छ ।

यहाँबाट पोखरा उपत्यका, लमजुंगका रमणीय गाउँहरु घलेगाउँ, पसगाउँ, भुजुंङ तथा गुरुङहरुको पुर्ख्यौली थातथलो कोला पनि देख्न सकिन्छ ।

taan9

नजिकै पानीको स्रोत रहेको यस डाँडामा एउटा धर्मशाला छ भने क्याम्प गर्न मिल्ने सुबिधा पनि छ ।

करापु डाँडाबाट ठाडै ओरालो झन्डै ५ घन्टाको हिडाइपछि अर्को सुन्दर गाउँ याङ्जाकोट पुग्न सकिन्छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरोहुँदै यस गाउँ पुग्न सकिन्छ ।

अन्वेषण भ्रमणमा गएका टोलीलाई यहाँ पन्चे बाजाले स्वागत गरिएको थियो भने कृष्ण चरित्र नाँच अवलोकन गराइएको थियो ।

गुरूङ, दलित र क्षेत्रीको २ सय ६० घरधुरी रहेको याङ्जाकोटमा ८ घरमा होमस्टे सुबिधा छ ।

taanten9

गाँउमा रहेको कोइबारी (कोट) मा बडादसै र चैते दसैमा बलि चढाईन्छ भने छापा डाँडा भ्यु पोइन्टबाट अन्नपूर्ण दोश्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो, माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथको दृश्य नजिकैबाट देख्न सकिन्छ ।

समुन्द्री सतहबाट १४७७ मिटर उचाईमा अवस्थित यांग्जाकोट मा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दो छ ।

कार्यक्रमका संयोजक तथा भिटोफ नेपालका सह-कोषाध्यक्ष कृष्ण बहादुर सुवेदीले आगामी दिनमा यो रूटलाई अन्य होमस्टेहरु जस्तै भुजुङ, पसगाँउ र घलेगाँउसँग जोड्न सकिने बताए ।

यस्ता खाले अन्वेषण र प्रवद्र्धन कार्यले एउटा मात्र नभई विभिन्न गाउँहरुले पर्यटकीय गतिबिधिबाट फाइदा लिन सक्ने र घरबास पर्यटन बिकासमा टेवा पुग्ने सुवेदीको भनाइ छ ।

tantin8

आउँदा दिनमा यो रूटलाई अन्य होमस्टेहरु भुजुङ, पसगाँउ र घलेगाँउसँग जोडिने योजना रहेको उनले बताए ।

यस्तै अन्य होमस्टेलाई जोडेर बृहत्तर पदमार्ग अन्बेषण तथा प्रवद्र्धन कार्यलाई निरन्तर दिने उनले बताए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गमा होमस्टेमा बास बसी स्थानीय रहन सहन, खानपिन साथै अन्नपूर्ण र मनास्लु हिमश्रृंखला नजिकबाट अबलोकन गर्न पाईने पदमार्गका मुख्य आकर्षण हुन् ।

taantin7

taan5

tan1

taan6

प्रतिक्रिया दिनुहोस्