
सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ ।
सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देंशन गरेका हुन ।
एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ ।
माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निराह मुद्रामा देखिएका छन ।
गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् ।
मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि गज्जबको काम गरेर देखाइससकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्