२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रदेश–७ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते


0
Shares

कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेशसभाको पहिलो बैठक आह्वान गरिएको प्रदेशप्रमुख सचिवालयका सचिव युवराज सुवेदीले बिहीबार जानकारी दिए ।

७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुईजनासमेत गरी ५३ जना सांसद रहेका छन् । रासस