
उदयपुर । नेपाल स्वास्थ्यकर्मी संघ उदयपुरको पाचौं अधिवेसनबाट तेज बहादुर पोखरेलको अध्यक्षता १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
हालै भएको अधिवेशनबाट उपाध्यक्षमा रामनारायण चौधरी, कुमारी मिरा चर्मकार, श्याम साह, राजकुमार मेहता, सचिब कर्णसेर राई, कोषाध्यक्ष निरमाया चौधरी, सह सचिब बिश्वनाथ ठाकुर चयन भएका छन् ।
सदस्यमा क्रमशः लक्ष्मी सुनवार, राम कुमार दनुवार, राजकुमार चौधरी, मनिता राई, बिजया राई, संजित चौधरी रहेका छन ।
नेपाल ट्रेड युनियन काग्रेससंग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघ उदयपुरले निजी क्षेत्र, प्रतिष्ठान र सरकारी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई राज्यले उपेक्षा गरेको भन्दै आफ्नो ट्रेड युनियन अधिकार सुनिश्चितताका लागि आन्दोलनसम्म जाने उद्घोष गरेको छ ।
स्वास्थका विभिन्न क्षेत्रमा कार्य गर्ने दुईसय भन्दा बढी स्यंवसेवी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति बिदुर बस्नेत, केन्द्रीय अध्यक्ष रामजी घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस उदयपुरका अध्यक्ष केदार कटवालले शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्