Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘छोटो अवधिका सम्पूर्ण प्राविधिक तालिमहरु प्रदेशबाट’


0
Shares

स्थानीय र प्रदेश तहमा प्राविधिक शिक्षालाई कसरी लैजाने भन्नेबारेमा बिहीबार राजधानीमा विज्ञहरुसँग छलफल गर्दै सदस्यसचिव वाग्लेले प्रमाणपत्र तह, डिप्लोमादेखि छोटो अवधिका सम्पूर्ण प्राविधिक तालिमहरु प्रदेशस्तरबाट नै सन्चालन गराउने गरी योजना बनाइएको जानकारी दिए ।

स्थानीय तहसँग प्राविधिक शिक्षा सुरु गर्ने क्षमता नपुगेका कारण हाल ७ ओटा प्रदेशमामात्र प्राविधिक शिक्षा सुरु गर्न लागिएको उनको भनाइ थियो ।

कृषि, इन्जिनियरिङ, मेकानिकल, अनमीलगायतका शिक्षा प्रदेश तहलाई हस्तान्तरण गरिएको हो ।

वैदेशिक रोजगारीमा जानेहरुले लिने सम्पूर्ण छोटो अवधिका कार्यक्रमसमेत प्रदेश तहले सन्चालन गर्नेछन् ।