रुकुमकोटमा प्रधानमन्त्रीको पुत्ला जलाइयो, गोलखाडामा दीपावली • Image Khabar Image Khabar


रुकुमकोटमा प्रधानमन्त्रीको पुत्ला जलाइयो, गोलखाडामा दीपावली


Imagekhabar
१२ माघ २०७४, शुक्रबार १९:५६

रुकुमकोटमा प्रधानमन्त्रीको पुत्ला जलाइयो, गोलखाडामा दीपावली

मन्त्रिपरिषदको बिहीबारको बैठकले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा–१२ गोलखाडामा सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयकोविरुद्धमा रुकुमपूर्वमा आन्दोलनको घोषणा गरिएको छ । रुकुमकोट र सदरमुकामवासीले अनिश्चितकालीन आमहडतालको आह्वान गर्दै विरोधमा उत्रिएका छन् ।

उनीहरुले शुक्रबार सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै निर्णय सच्याउन माग गरे । सोक्रममा प्रधानमन्त्री देउवाको पुत्लादहन गरिएको छ ।

सरकार र प्रधानमन्त्री देउवाविरुद्ध चर्का नाराबाजी गर्दै सदरमुकाम रुकुमकोटमा प्रदर्शन गरिएको हो ।

शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरु ठप्प पारियो । यातायात, शैक्षिकसंस्थालगायत पनि बन्द गराइयो ।

गोलखाडामा दीपावली
नयाँ सदरमुकाम तोकिएको ठाउँमा भने सरकारको निर्णयको भव्य स्वागत गरिएको छ ।

शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका र गोलखाडामा स्थानीय बासिन्दाहरुले बाजागाजासहित सरकारको निर्णयको भव्य स्वागत गरे ।

खसीबोका काटेर अबीरयात्रा गर्दै खुसियाली मनाएको छ । स्थानीयले घरघरमा दीपावलीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्