माघ अन्तिम साताबाट धनकुटा महोत्सव • Image Khabar Image Khabar


माघ अन्तिम साताबाट धनकुटा महोत्सव


Imagekhabar
१२ माघ २०७४, शुक्रबार २०:४१

माघ अन्तिम साताबाट धनकुटा महोत्सव

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, व्यापार समुन्नत् प्रदेश नम्बर–१ को आर्थिक विकासको आधार’ भन्ने नाराका साथ माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव हुन लागेको हो ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटामा पत्रकार सम्मेलन गरी महोत्सवकोबारेमा जानकारी गराएको हो ।

महोत्सवमा पर्यटकीयस्थलको प्रचार–प्रसार, घरेलु उद्योगको उत्पादन, विभिन्न कला–संस्कृति झल्कने कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुतिलगायत प्रमुख आकर्षण रहने जनाएइको छ ।

महोत्सवमा तीन करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी बताए ।

महोत्सवमा विभिन्न १५० स्टल रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्