भन्सारमा सुधार आवश्यक : अर्थमन्त्री • Image Khabar Image Khabar


भन्सारमा सुधार आवश्यक : अर्थमन्त्री


Imagekhabar
१२ माघ २०७४, शुक्रबार २०:४२

भन्सारमा सुधार आवश्यक : अर्थमन्त्री

६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार राजधानीमा भन्सार विभागले आयोजना गरेको कार्यक्रमका अर्थमन्त्री कार्कीले भन्सारमा समस्या रहेको भन्दै प्रशासनिक सुधार आवश्यक रहेकोमा जोड दिए ।

भन्सारमा न्यून बिजकीकरण, चोरी–पैठारीजस्ता समस्या रहेकाले लक्ष्यअनुसार भन्सार असुली हुन नसकेको भन्दै उनले भन्सार विन्दुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए ।

अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीति, प्रशासन र निजी क्षेत्र सबै संविधान, कानुन र पद्धतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै, राजश्वसचिव शिशिरकुमार ढुंगानाले भन्सार क्षेत्रमा थुप्रै सुधारका प्रयास भएको दाबी गर्दै सुधारलाई निरन्तरता दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले भन्सार विन्दुमा देखिएका समस्या समाधान गर्दै आधुनिकीकरणका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्