२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जाडो बढेसँगै तरकारीको मूल्य घट्यो


0
Shares

जाडो महिनामा बढी मात्रामा उत्पादन हुने फूलगोभी, बन्दागोभी, टमाटर, साग, भान्टा, धनियालगायतका अधिकांश तरकारीको मूल्य घटेको किसानको गुनासो छ । साताअघि फुटकर ५० रुपैयाँ प्रतिकेजीमा दैनिक ४ क्वीन्टलभन्दा बढी बिक्री हुने फूलगोभी अहिले प्रतिकेजी ३० रुपैयाँमा एक क्वीन्टल पनि बेच्न गाह्रो परेको किसान बताउँछन् ।

चिसोले अरु तरकारीको भाउ पनि घट्दै गएको छ । महँगो मूल्यमा तरकारी खान बाध्य उपभोक्ता भने जाडो बढेसँगै तरकारीको भाउ घट्दा फाइदा भएको बताउँछन् । कपिलवस्तुमा उत्पादित तरकारीले जिल्लाका अधिकांश हिस्साका साथै अर्घाखांची, बुटवल, पोखरामा समेत बजार पाउने गर्दछ ।

जाडोका कारण व्यापारीसमेत कम आउने भएकाले व्यापार कम भएको हो । कपिलवस्तु जिल्लामा मात्रै बार्षिक २४ हजार मेट्रिक टन आलु, ५ हजार मेट्रिक टन बराबर टमाटर र अरु तरकारी ७ हजार मेट्रिक टन उत्पादन हुँदा १५ करोड बढीको कारोवार हुने कृषि विकास कार्यालयको अनुमान छ ।