१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


रसुवागढीमा एकीकृत चेकपोष्ट निर्माण


0
Shares

२०७२ सालको भूकम्पले सीमामा रहेका कार्यालयहरु ध्वस्त बनाएसँगै भूकम्प गएको ३२ महिनापछि सीमा नाकामा प्रिफ्याबको एकीकृत चेकपोष्ट निर्माण गरिएको हो । भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिफ्याब भवन बनाइएको शहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले बताए ।

निर्माण गरिएको भवनमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषित रसुवागढी नाकामा एकीकृत चेकपोष्टबाट सेवा सुचालु गरेसँगै भंन्सार चुहावटमा कमी हुने र अन्तर्राष्ट्रिय सुरक्षा विश्वस्त बनाउन सकारात्मक सन्देश पुगेको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।