कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : दाहाल • Image Khabar Image Khabar


कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : दाहाल


Imagekhabar
१३ माघ २०७४, शनिबार १४:४०

कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : दाहाल

शनिबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले कामचलाउ सरकारले दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा कांग्रेसलाई नै घाटा हुने टिप्पणी गरे ।

उनले नयाँ बन्ने सरकारले वर्तमान कामचलाउ सरकारले गरेका केही निर्णय उल्टाउनेसमेत बताए ।

अर्को एक फरक प्रसंगमा अध्यक्ष दाहालले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नेगरी काम अघि बढेको बताए ।

उनले पार्टी एकता ढिलो भएपनि सरकार गठनमा भने ढिलाइ नहुने स्पस्ट पारे ।

सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएपनि कामचलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्