२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पौडेलले गरे बुद्धसिंमार्गको अवलोकन


0
Shares

दमौलीदेखि घुमाउनेसम्म जोड्ने सडकको स्थलगत अवलोकन गर्दै निर्माणकार्यको प्रगतिबारे उनले जानकारी लिएका हुन् ।

त्यसक्रममा नेता पौडेलले निर्माण व्यवसायी र सडक विभागका इन्जिनियरहरुलाई काम चाँडो सक्न निर्देशन दिए । सो मार्गमा अहिले ग्राभेलको काम भइरहेको छ ।

बुद्धसिंमार्ग बनेपछि दमौलीदेखि घुमाउनेसम्म जाने बाटो २४ किलोमिटर छोटो हुने निर्माण कम्पनीले जनाएको छ ।

बुद्धसिंमार्ग निर्माण सुरु गरेको धेरै नै समय भएपनि विभिन्न प्राविधिक कारणले ढिलो भएको र अब पुल र सडक निर्माणले गति लिने नेता पौडेलले बताए ।

सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले भने बजेट अभावका कारण काममा ढिलाइ भएको जनाएका छन् ।

सो मार्ग निर्माणपछि चितवन–मुग्लिन सडकखन्डको वैकल्पिक मार्गकोरुपमासमेत प्रयोग गर्न सकिनेछ ।