१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सरकारका जनपक्षीय निर्णयबाट केही नेताहरु अत्ताल्लिए : मन्त्री यादव


0
Shares

शनिबार काठमाडौंमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री यादवले सरकारले नेपाली जनताको हितमा गरेका निर्णयलाई लिएर अत्ताल्लिनु जरुरी नभएको जिकिर गरे ।

उनले सत्तामा हुँदा आफूले केही गर्न नसक्ने र राम्रो काम गर्नेहरुकोसमेत कदर गर्न नसक्ने परिपाटीले देशको भलो नहुने तर्क गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले कामचलाउ सरकारले मनलाग्दी निर्णय गर्न नपाउने बताए । उनले सरकारले गरेका कतिपय निर्णय कानुनसम्मतसमेत नभएको बताए ।

नेता शाहीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया टुंगो लगाउन जटिल भइरहेको बताए ।

उनले नेताहरुको कार्यविभाजन सहजरुपमा भएमात्र एकता प्रक्रिया पनि सहज हुने उल्लेख गरे ।

यस्तै, एमाले नेता सोमप्रसाद पाण्डेले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणामात्र हुन बाँकी रहेको बताए । एकता नचाहने केही व्यक्तिले भ्रम फैलाउने काममात्र गरिरहेको उनको भनाइ थियो ।

उनले वर्तमाण सरकारले गरेका कतिपय निर्णयप्रति आपत्ति जनाउँदै ‘कामचलाउ सरकारले यस्तो काम गर्न पाउँदैन’–भने ।