
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर २३ । गत शुक्रबार राति रुपन्देहीको देवदहकी पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय जीवन खत्रीलाई पक्राउ गरेको छ ।
देवदह नगरपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय खत्रीलाई दाउन्नेबाट पक्राउ गरेको र उनले अभियोग स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।
खत्रीले बालिका घरमा एक्लै खेलिरहेको अवस्थामा फकाएर देवदह–५, सिद्धार्थ कोलनीस्थित टहरोमा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी दाबी गरेको छ ।
पीडित बालिकाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्