२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्याग्दीको गलेश्वरधाम पर्यटकीय आकर्षणको केन्द्र बन्यो, नौं करोडको पूर्वाधार बन्दै


0
Shares

९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीलामाथि अवस्थित शिवलिङ्ग रहेको गलेश्वरधाममा करोडौंको लगानीमा पूर्वाधार निर्माण भएसँगै पर्यटक आकर्षित हुँदै आएका छन् ।

कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको गलेश्वरधाममा चढेको भेटी र दाताको सहयोगबाट ९ करोड रुपैयाँका विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

मन्दिरमा चढेको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैंचा, अतिथी आवास, संस्कृत पाठशाला, हवनकुण्डलगायतका संरचना निर्माण भएपछि गलेश्वर सवैको आकर्षणको केन्द्र बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

यहाँ शिवलिंग, चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम, भगवान् शिवका चरण चित्र, त्रिशूल, शंख, नाग र देवदेवीका मूर्ति रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ आचार्यले बताए ।

राधाकृष्ण शर्मा पराजुलीले २० लाख रुपैयाँको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकास सुरु भएको हो ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरधामले स्वदेशी तीर्थयात्रीको मात्रै नभई विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ ।

यहाँ दैनिक दर्जनौं विदेशी पर्यटक आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।