
बोक्सीखोलामा स्थापना गरिएको धौलागिरि गुरुसाङ्बो सहकारी संस्थामा आवद्ध किसानले गाउँमै उन्नत जातका २० वटा जर्सी गाई पालेर चिज उद्योग स्थापना गरेका हुन् ।
उद्योगमा ६ कोठा छन् भने जर्सी गाई व्यवस्थापन गर्न अलग्गै टहरो बनाएका छन् ।
गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर आर्थिक स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले यो उद्योग स्थापना गरिएको हो ।
हिमाली उपआयोजनाको ४३ लाख अनुदान र संस्थामा आवद्ध सदस्यबाट १३ लाख गरेर ५६ लाख रुपैयाँ लागतमा व्यवसायिक गाई पालन तथा चिज उद्योग संचालनमा ल्याइएको हो ।
जिल्लामै एकमात्र चिज उद्योग भएकाले मुस्ताङका विदेशी पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट व्यवसायीले चिज, छुर्पी र घ्यू आपूर्ति गर्नुपरे उद्योगमा सम्पर्क गर्ने गरेको संस्थाका अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए ।
उपल्लो मुस्ताङदेखि म्याग्दीको दाना र तातोपानीमा रहेका होटल सञ्चालकले समेत चिज, छुर्पी र घ्यूको अग्रिम बुकिङ गर्ने भएकाले बजारीकरणमा समस्या नपरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्