भैरहवा भन्सारबाट १ अर्ब ८४ करोडको सामान निर्यात • Image Khabar Image Khabar


भैरहवा भन्सारबाट १ अर्ब ८४ करोडको सामान निर्यात


Imagekhabar
१४ माघ २०७४, आईतवार १३:२३

भैरहवा भन्सारबाट १ अर्ब ८४ करोडको सामान निर्यात

गत बर्षको पुस मसन्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएको भैरहवा भनसार कार्यालय रुपन्देहीमा यस बर्ष भने केहि बढेको छ ।

आर्थिक बर्ष २०७४÷०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात भएको भन्सार कार्यालयका प्रमुख भुपाल राज शाक्यले जानकारी दिए ।

मुलुकको दोस्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट बस्तु आयातको तुलनामा निर्यात भने निकै न्युन रहेको छ ।

आयातको तुलनामा निर्यात निकै कम हुुँदा मुलुकमा ब्यापार घाटा भने दिनानु दिन बढ्दै गएको छ ।

नेपालका लागि प्राय बस्तुहरु भारतबाट आयात हुने गरेका छन् भने त्यसको तुलनामा नेपालबाट भारत लगायत तेश्रो मुलुकमा निर्यात हुने बस्तुहरुको परिमाण न्यून रहेको छ ।

भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख शाक्यले बिगतमा भन्दा यस बर्ष बर्ष निर्यातमा केहि सुधार भएको उल्लेख गरे ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालबाट भारततर्फ सबै भन्दा बढी सेन्थेटिक यार्न निर्यात हुने गरेको छ ।

त्यसपछि दोश्रोमा रद्दि एवम कबाड सामाग्री निर्यात हुने गरेको छ । नेपालका बिभिन्न स्थानबाट संकलन गरिएको काम नलाग्ने कबाड सामाग्रीहरु यस नाका हुदै निर्यात हुने गरेको छ ।

त्यसैगरी अदुवा, जडिबुटि लगाएतका बस्तुको पनि निर्यात बढ्दै गएको छ ।

यसैगरी बोरा झोला, रेशाको कपडा अन्य कपडा जन्यबस्तु तथा बिभिन्न ब्राण्डका मसला जन्य बस्तु निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्