इलाममा ४३ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएनन् • Image Khabar Image Khabar


इलाममा ४३ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएनन्


Imagekhabar
१४ माघ २०७४, आईतवार १४:५६

इलाममा ४३ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएनन्

निर्वाचन आयोगले चुनावको मत परिणाम सार्वजनिक भएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरेको भए पनि राजनीतिक दलका ४३ जना उम्मेदवारले भने अझै बेवास्ता गरेका छन् ।

उम्मेदवार बनेका ५१ जनामध्ये आठ जनाले मात्र हालसम्म खर्चको विवरण बुझाएका छन् ।

जिल्लाका प्रतिनिधिसभातर्फ १४ जना र प्रदेशसभातर्फका २९ जना उम्मेदवारले अझै चुनावको खर्च विवरण नबुझाएको निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ४ जना उम्मेद्वारले मात्रै खर्च विवरण बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्