२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


इलाममा ४३ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएनन्


0
Shares

निर्वाचन आयोगले चुनावको मत परिणाम सार्वजनिक भएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरेको भए पनि राजनीतिक दलका ४३ जना उम्मेदवारले भने अझै बेवास्ता गरेका छन् ।

उम्मेदवार बनेका ५१ जनामध्ये आठ जनाले मात्र हालसम्म खर्चको विवरण बुझाएका छन् ।

जिल्लाका प्रतिनिधिसभातर्फ १४ जना र प्रदेशसभातर्फका २९ जना उम्मेदवारले अझै चुनावको खर्च विवरण नबुझाएको निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ४ जना उम्मेद्वारले मात्रै खर्च विवरण बुझाएका छन् ।