पार्टीको संगठनलाई संघीय स्वरुप दिन महासमिति बैठक आवश्यक : डा. रिजाल • Image Khabar Image Khabar


पार्टीको संगठनलाई संघीय स्वरुप दिन महासमिति बैठक आवश्यक : डा. रिजाल


Imagekhabar
१४ माघ २०७४, आईतवार १६:३२

पार्टीको संगठनलाई संघीय स्वरुप दिन महासमिति बैठक आवश्यक : डा. रिजाल

भक्तपुरमा पत्रकारहरुसँग नेता रिजालले मुलुक संघीय प्रणालीमा गएकाले कांग्रेसको संगठनलाई पनि सोही अनुसार बनाउन महासमितिको बैठक आगामी वैशाखमा गरिने बताए । पार्टीको विधान नै परिवर्तन गर्नुपर्ने भएको भन्दै उनले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनुपर्ने बताए ।

कार्यकर्ताभन्दा आमजनतामा आधारित पार्टीका रुपमा कांग्रेसलाई रुपान्तरित गर्नुपर्ने पनि उनले बताए । कांग्रेस अब प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निभाउने पनि रिजालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्