२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आइतबार नेप्से झिनो अंकले सुधारियो


0
Shares

बजार परिसूचक नेप्से १ अंकले सुधारिएर १४०६ विन्दु कायम भयो । वाणिज्य बैंक र विकास बैंक समूह सकारात्मक रहे भने अरु सबै समूह रातो रहे ।

होटल समूह सबैभन्दा उच्च २८ अंकले ओरालो लाग्यो भने वाणिज्य बैंक समूह सबैभन्दा उच्च ५ अंकले सकारात्मक रह्यो ।

जलविद्युत, बीमा, व्यापार समूहमा दोहोरो अंकको गिरावट आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीको ८ लाख ५१ हजार कित्ता शेयर ३५ करोड ४७ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।