३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी रिहा


0
Shares

मस्कोमा गरिएको प्रदर्शनकै क्रममा पक्राउ परेका नावाल्नीमाथि लगाइएका सबै अभियोग खारेज गरी रिहा गरिएको हो । नाभाल्नीको पार्टीले सन् २०११ देखि पुटिनबिरुद्ध प्रदर्शन गर्दै आएको छ ।

नाभाल्नीलाई सन् २०१७ मा तीन पटक अनुमति बिनै र्‍याली निकालेको आरोपमा पक्राउ गरिएको थियो । चुनावमा धाँधली हुने गरेकोे भन्दै नाभाल्नीले निष्पक्ष चुनाव हुनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए ।

निष्पक्ष चुनाव भए आफ्नो जित निश्चित भएको नावाल्नीको दाबी छ । नाभाल्नीमाथि आपराधिक गतिविधीमा संलग्न रहेको ठहर गर्दै चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।

तर उनले आफूमाथिको आरोप राजनीति प्रेरित भन्दै आएका छन् ।(एजेन्सी)