
पार्टी कार्यालय धुम्बाराहीमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले जनताले प्रकट गरिसकेको अभिमत उल्ट्याउन नसकिने प्रष्ट गरे ।
एमाले जनताको शासनका लागि लामो समयसम्म लडेर जनतालाई निर्णायक शक्ति बनाउन लागि परेको उनको भनाइ छ ।
सामाजिक न्याय, सद्भाव, कानूनको राज र राष्ट्रिय हितमा आगामी सरकारले ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।
लामो त्यागबाट प्राप्त लोकतन्त्रलाई सुरक्षित एवं व्यवहारिक रुपमा सवल बनाउन सबै लाग्नुपर्ने अध्यक्ष ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस्