पार्टी एकता केही दिनमा टुंगोमा पुग्छ : दाहाल « Image Khabar


पार्टी एकता केही दिनमा टुंगोमा पुग्छ : दाहाल



सोमबार प्रेस सेन्टर नेपालको १४औं स्थापना दिवसको काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकलाई अस्थिर भूमरीबाट निकास दिन कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता केही दिनमा टुंगोमा पुग्ने उनको भनाइ छ ।

मुलुक समाजवादको नयाँ युगमा प्रवेश गरेको भन्दै दाहालले परिवर्तन संस्थागत गर्ने प्रमुख दायित्व माओवादी केन्द्रको भएको उल्लेख गरे ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने सन्चारकर्मीलाई सम्मानित गरिएको थियो ।