सोमबार नेप्सेमा गिरावट « Image Khabar


सोमबार नेप्सेमा गिरावट



उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर १४ सय २ विन्दुमा आएर थामियो ।

व्यापार र जलविद्युत् समूहबाहेक सबै समूह रातो रहे । होटल समूहमा सबैभन्दा उच्च २१ अंकको कमी आयो । बिमा समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

व्यापार समूह भने ६ अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ७ लाख १५ हजार कित्ता सेयर २८ करोड ५५ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।